नेपालले टस जित्यो, आदिलको पुनरागमन


काठमाडौं । वेस्ट इण्डिजविरुद्धको दोस्रो टि२० आई खेलमा नेपालले टस जितेको छ ।

युएईको सारजहाँमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले ब्याटिङ रोजेका छन् । नेपाली टोलीमा शनिवार खेलेकामा एक खेलाडी परिवर्तन भएका छन् ।

पहिलो टि२० आई खेलेका नन्दन यादवको स्थानमा मोहम्मद आदिल आलमले स्थान बनाएका छन् । आदिलले करिब ३७ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन हुन् ।

तीन खेलको युनिटि कप टि२० सिरिजको पहिलो खेलमा १९ रनको जितको साथ नेपाल नेपालले सिरिजमा १-० को अग्रता बनाइसकेको छ ।

यस खेलमा जितका साथ नेपाल ऐतिहासिक रुपमा सिरिज जित्न चाहान्छ । उता, वेस्ट इण्डिजलाई सिरिज जित्ने आशा कायमै राख्न यस खेलमा जित अत्यावश्यक रहेको छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, मोहम्मद आदिल आलम, ललितनारायण राजवंशी


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको