काठमाडौं । विश्वकप लिग टु अन्तर्गत युएईमा आजबाट नेपाल, घरेलु टोली तथा अमेरिका सहभागी रहने त्रिकोणात्मक सिरिज आजबाट सुरु हुदैछ ।
सिरिजको पहिलो खेलमा आज नेपाल र अमेरिका खेल्दैछन् । नेपाल र अमेरिकाबीचको खेल युएईको दुबईमा नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ मा हुदैछ । सन् २०२७ मा हुने ओडिआई विश्वकपको छनोट स्वरुप जारी लिग टु मा ८ राष्ट्रको सहभागीता रहेको छ ।
अमेरिका सिरिजमा २० खेल खेल्दै २८ अंकका साथ दोस्रो स्थानमा रहँदा नेपाल १६ खेलमा १२ अंकका साथ सातौँ स्थानमा रहेको छ । सन् २०२७ सम्म जारी रहने सिरिजको शीर्ष चारमा रहने राष्ट्रले विश्वकप ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छन् ।
सिरिजमा सहभागी रहने हरेक राष्ट्रले समान ३६ खेल खेल्नेछन् । नेपाल र अमेरिका जितका साथ युएई यात्राको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।


