काठमाडौं । नेपालको ओडिआई इतिहासमा चिरपरिचित प्रतिद्वन्दी युएईविरुद्धको प्रदर्शन बलियो रहेको छ ।
हालसम्म नेपालले ओडिआई सर्वाधिक रुपमा युएईसँग १५ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा ९ खेल नेपालले आफ्नो पक्षमा पार्दा ६ खेल गुमाएको छ । नेपालले युएईसँगको पछिल्लो ५ भेटमा शत प्रतिशत जितको नतिजा हासिल गरेको छ ।
युएईसँग नेपालले ओडिआईमा १६औं भेटमा बिहीबार प्रतिस्पर्धा गर्दैछ । युएईमा नै जारी रहेको विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र युएईबिचको खेल आईसिसी एकेडेमीमा बिहीबार बिहान ११ः१५ मा सुरु हुनेछ ।
आईसिसी एकेडेमीको मैदानमा नेपालले युएईविरुद्धको ३ खेलको ओडिआई सिरिज सन् २०१९ मा खेलेको थियो । त्यस सिरिजमा नेपालले ३ मध्ये २ खेलमा युएईलाई पराजित गरेको थियो ।
युएईसँगको पछिल्लो ५ भेटको नतिजा यसप्रकार छ
सन् २०२३ मार्च ६ मा युएईमा भएको खेलमा नेपाल ४२ रनले विजयी
सन् २०२३ मार्च १२ मा घरेलु मैदानमा भएको खेलमा नेपाल १ सय ७७ रनले विजयी
सन् २०२३ मार्च १६ मा घरेलु मैदानमा भएको खेलमा नेपाल डिएलएस मेथडमा विजयी
सन् २०२३ मे १ मा घरेलु मैदानमा भएको खेलमा नेपाल ७ विकेटले विजयी
सन् २०२३ जुलाई २ मा जिम्बाब्वेमा भएको खेलमा नेपाल ३ विकेटले विजयी
नेपाली टिम
आरिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अनिल साह, गुलसन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, शाहब आलम


