काठमाडौं । विश्वकप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा युएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
युएईको दुबईमा रहेको आईसिसी एकेडमीको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।
सिरिजको पहिलो खेलमा दुवै देशले अमेरिकासँग हार बेहोरेका कारण यस खेलमा पहिलो जित हासिल गर्ने लक्ष्यमा रहेका छन् ।
नेपालले गत आइतबार अमेरिकाविरुद्ध खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन ।


