काठमाडौं। प्रियांक पञ्चालको आक्रामक ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको हो।
कर्णालीका प्रियांकले सर्वाधिक ९० रन बनाए। डेब्यु खेल खेलिरहेका उनी शतकबाट १० रनले चुके। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।
म्याक्स ओ’ डाउड २० र मार्क वार्ट १६ रनमा आउट भए। पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित रहँदै ४ रन थपेपछि कर्णालीले खातामा १६६ रन पुर्याएको हो।
चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट लिए।


