चितवनकाे विजयी सुरुआत


काठमाडाैँ। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग एनपिएलमा चितवन राइनाेजले विजयी सुरुआत गरेकाे छ।

त्रिवि क्रिकेट रंगशालामा कर्णाली याक्सले दिएकाे १६७ रनकाे लक्ष्य पछ्याएकाे चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे। याे सँगै खेलमा चितवन ४ विकेटले विजयी भयाे।

चितवनकाे जितमा रबि बाेपराले सानदार अर्धशतकिय पारी खेले। उनले ३५ बलमा ३ चाैका र ३ छक्का प्रहार गरे। ओपनर दीप बाेहराले ४२ रन बनाए। उनले ३६ बलमा ६ चाैका र एक छक्का प्रहार गरे। यस्तै, कप्तान कुशल मल्ल २०, सैफ जैबले १६ बलमा ३८ रन प्रहार गरे।

कर्णालीका लागि कप्तान साेमपाल कामी, युवराज खत्री र युनिश सिंहले समान एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेकाे कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएकाे थियाे।

कर्णालीका लागि प्रियांक पञ्चालले आक्रमक पारी खेले उनले ४८ बलमा ९० रन बनाए। यस्तै, म्याक्सवेल ओडाउडले २० रन बनाएका छन्। यस्तै, मार्क वाटले १६ रन बनाए।

पवन सराफले १६ बलमा २७ रनकाे पारी खेले उनले एक चाैका र तीन छक्का प्रहार गरे। यता, चितवनका लागि रबि बाेपरा, साेहिल तनविर सेभ जेवले समान एक विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको