पोखरालाई २२१ रनको विशाल लक्ष्य


काठमाडाैँ। विराटनगर किङ्गसले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग एनिपएलमा पााेखरा एभेन्जर्सलाई २२१ रनकाे लक्ष्य दिएकाे छ।

त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेकाे विराटनगरका लागि लाेकश बम र मार्टीन गप्टीले १३२ रनकाे शानदार साँझेदारी गर्दै विशाल याेगफल तर्फ अघि लगे।

विराटनगरले निर्धारित २० औभरमा ६ विकेट गुमाएर २२० बनाएपछि पाेखराले २२१ रनकाे लक्ष्य पाएकाे हाे।

लाेकेशले ४८ बलमा ७ चाैका र एक छक्काकाे सहयाेगमा ७२ रन बनाएर आउट भए। यस्तै, मार्टीनले ३५ बलमा ६ छक्का र ३ चाैकाकाे सहयाेगमा ६१ रन प्रहार गरे।

यस्तै, जर्ज मुन्से १०, बसिर अहमदले २३, सुभवा रन्जनि ३८ र नारायन जाेशी ११ रनमा अविजित रहे।

यता, पाेखराकाे लागि म्याथ्यू टेलरले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेल र सागर ढकालले एक विकेट हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको