टी-२० विश्वकपमा नेपाल उपविजेता


काठमाडौं। नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको उपविजेता बनेको छ।

आइतबार श्रीलंकाको कोलम्बोमा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदै उपविजेतामा सिमित बन्यो । समूह चरणको खेलमा पनि नेपाल भारतसँग पराजित भएकाे थियो।

नेपालले दिएकाे १५ रनको लक्ष्य पछ्याएकाे भारतले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो।

भारतको लागि बि थ्री ब्याटर फुला सरेनलेले सर्वाधिक ४४ रन बनाइन्। नेपालको लागि दिलिसरा धमलाले दुई तथा कान्ती योगी र प्रतिभा राईले समान एक विकेट लिएका हुन्।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो।

नेपालको लागि सरिता घिमिरेले ३८ बलमा सर्वाधिक ३५ रन बनाएकी हुन्। विमला राई २६ बलमा २६ रनको योगदान गरिन्।

सरिता र विमलाको जोडीले ६५ रनको साझेदारी गरेका थिए। नेपालले भारतविरुद्ध अतिरिक्त २५ रन पाएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको