काठमाडौँ। लागातार तेस्रो जितको खोजिमा रहेको विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो
विराटनगरको लागि सुभम रञ्जनले ३७ बनाए। बासिर अहमदले ३६ रनको योग्दान दिए। उनले ३५ बलमा ३ चौका प्रहार गरे।
ओपनर लोकेश बमले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २९ रन बनाएर आउट भए। यस्त, जर्ज मुन्से १०, मार्टिन गप्टील १३ रन बनाएर आउट भए।
यता, जनकपुरको लागि संगीत कोरे र रुपेश सिंहले समान दुई विकेट लिए। आदित्य महताले एक विकेट हात पारे।


