एसीसी प्रिमियर कप : उपाधिका लागि नेपाल र युएई भिड्दै


काठमाडौँ । एसीसी पुरुष यू-१९ प्रिमियर कपको फाइनल आज नेपाल र युएई भिड्दै छन्। नेपाली समयअनुसार बिहान १०:४५ बजेदेखि सुरु हुनेछ।

सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनोट भएका छन्।

त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुँदैछ। यो खेल जित्ने टोली तेस्रो हुँदै एसिया कपमा छनोट हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको