सुदूरपश्चिमका अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए


काठमाडौं। सुदूरपश्चिम रोयल्सका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किएका छन्।

नेपाल प्रिमियर लिग ९एनपीएल०मा शीर्ष क्रममा ब्याटिङ गरिरहेका क्रिस लिन र जोश ब्राउन अस्ट्रेलिया फर्किएका हुन्।

लिनले ६ इनिङ्समा एक अर्धशतकसहित १४३ रन बनाएका थिए। ब्राउनले पनि एक अर्धशतकसहित १०१ रनको योगदान दिएका थिए।

साबिक उपविजेता सुदूरपश्चिमले क्वालिफायर १ मा विराटनगर किङ्ससँग खेल्नेछ। लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जितसहित १२ अंक जोडेको थियो। यस्तै, विराटनगरले समान खेलबाट दुई हारसहित १० अंक जोडेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको