काठमाडौँ। दोस्रो सिजनको नेपाल प्रिमियर लिग ९एनपिएल० को आज पहिलो क्वालिफायर खेल हुँदैछ।
पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दिउँसो ४ बजेदेखि सुरु हुँदैछ।
लिग चरणमा सुदूरले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो। त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो। विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो।
यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। सुदूर पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागि रहेको हो।


