आईओएफटिसी तेक्वान्दो शुरु


काठमाडौँ। १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) बिहिबार सुरु भएको छ। पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो भएको छ।

आईओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत बिहिबार नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक छ स्वर्ण पदक जित्यो। १५ देखि १७ वर्ष तौल समूहअन्तर्गत पुरुषतर्फ अनिल तामाङ र महिलातर्फ सलिना कार्की पहिलो भए। यी दुवै नेप्लिज तेक्वान्दोका हुन्।

यसैगरी नेप्लिज तेक्वान्दोका अन्य खेलाडीमा नारायणलाल कर्णले ५० वर्ष माथि कलर, रितन श्रेष्ठले १२–१४ वर्ष कलर, मिङमा तामाङले १२–१४ वर्ष पहेँलो बेल्ट र सुप्रिम पुडासैनीले १२–१४ वर्ष ब्लयाक बेल्टमा स्वर्ण पदक जिते।

यसैगरी अमेरिकाकी निभा महर्जन आठ वर्षमुनि रेडमा च्याम्पियन बनिन्। १८ देखि ३२ वर्ष महिलामा अमेरिकाकी इडि क्वान र पुरुषमा चन्द«ागिरी तेक्वान्दो डोजाङका उद्धव पौडेलले स्वर्ण पदक जिते। यसैगरी युवराज कार्कीले ९–११ वर्ष उमेर समूहमा चन्द«ागिरीलाई स्वर्ण पदक दिलाए। ३२ देखि ४९ वर्ष उमेर समुहमा एनआरएनए मलेसियाका गणेशबहादुर खड्का तथा ५० वर्षमाथि ब्लयाक बेल्टमा सहदेव श्रेष्ठ विजेता बने।

यसअघि कुकिवनका प्रशिक्षक मिन हाक सिओले पुम्से सेमिनार सञ्चालन गरेका थिए। प्रतियोगिताअन्तर्गत शुक्रबार र शनिबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा थप दुई सय स्वर्ण, दुई सय रजत र चार सय काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको