रेनु र लामा सम्मानित


काठमाडौं जिल्ला तेक्वान्दो संघले पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई शुक्रबार नगद १५ हजारसहित सम्मान गरेको छ। सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि प्रशंसा पत्रबाट सम्मानित भए।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलस्थित नेपाली घरमा आयोजित कार्यक्रममा सम्मान गरे।

रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियाली युथ पारा गेम्सअन्तर्गत के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन्। प्रशिक्षक लामा ओलम्पिक संरचनामा नेपाललाई पदक दिलाउने पहिलो नेपाली प्रशिक्षक हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको