एनभीए च्याम्पियनसिप : आर्मीको सकसपूर्ण जित


काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सकसमा पारे पनि कोशी प्रदेशले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ निराशाजनक नतिजा हात पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार कोशी ३–० को सोझो सेटमा पराजित भएको हो।

योसँगै समूह ‘डी’ मा रहेको आर्मीले ३ अंक हात पारेको छ। आर्मीलाई कोशीले तीनवटै सेटमा चुनौती प्रस्तुत गरेको थियो। तर, कोशीले अनुभवको कमीले आर्मीलाई पाखा लगाउन सकेन।

पहिलो सेट आर्मीले २५–२३ ले आफ्नो बनायो। कुनै समय आर्मी २०–१८ ले खेलमा पछि थियो। तर, आर्मीले पुनरागमन गर्‍यो। दोस्रो र तेस्रो सेटमा पनि कोशीले आर्मीला उत्तिकै चुनौती दियो। तर, दुवै सेट २७–२५ ले गुमाउन पुग्यो। योसँगै कोशीले खेलमा फर्किने मौका पनि गुमायो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको