काठमाडाैँ। भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई आइतबार नगदसहित सम्मान गरेको छ।
अनन्त शिक्षा सदनका खेलाडीको पेटी परीक्षा कार्यक्रममा रेनुलाई सम्मान गरिएको हो। स्कुल कोओर्डिनेटर दिनेश न्यौपानेले रेनुलाई नगद १० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सदस्य सरोज तामाङले जनाएका छन्।
रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन्। रेनु राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छिन्।


