काठमाडौं। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरे आईसीसी टी-२० विश्वकपको १०औं संस्करण आजदेखि सुरु हुँदैछ। पहिलो दिन भारतमा दुई र श्रीलंकामा एक खेल हुनेछन्।
समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै छन्। कोलम्बोमा नेपाली समयअनुसार ११:१५ बजे सुरु हुनेछ।
यस्तै दोस्रो खेलमा समूह ‘सी’ मा रहेका स्कटल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन्। कोलकातामा हुने यो खेल दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ।
दिनको अन्तिम खेलमा समूह ‘ए’ को आयोजक भारत र अमेरिकाबीचको खेल साँझ ७:१५ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेल माघ २५ मा इंग्ल्यान्डविरुद्धको खेल्नेछ।