पीएम कप : बागमतीले टस जित्यो, एपीएफ ब्याटिङमा

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत बागमती प्रदेशले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा बागमतीका कप्तान सन्दीप लामिछानेले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेका हुन्। टस हारेको विभागीय टोली एपीएफ क्लबले पहिले ब्याटिङ सुरु गरेको छ।

प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब—सहित सात प्रदेश ९कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी कुल १० टोली सहभागी छन्।

२८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा फाइनलसहित ४६ खेल खेलाइनेछन्। लिग चरणमा सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि फाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ।

यस संस्करणका खेलहरू काठमाडौंका माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदान तथा मधेश प्रदेशका पर्सा र जनकपुरमा सञ्चालन हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको