प्रधानमन्त्री कप : बागमतीद्वारा गण्डकीलाई २९५ रनको लक्ष्य


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रन बनाउँदै गण्डकीलाई २९५ रनको लक्ष्य दिएको हो।

बागमतीका लागि आशुतोष घिरैयाँले ५९ रनको महत्वपूर्ण इनिङ्स खेले भने शुभ कंसाकारले आक्रामक ब्याटिङ गर्दै ४४ रन जोडे। इशान पाण्डेले उत्कृष्ट ७१ रन बनाउँदै टोलीको स्कोर उकासे।

मध्यक्रममा उत्तम मगरले ३० रन बनाए भने विवेक मगरले २७ रन थपे। कप्तान सन्दीप लामिछानेले अन्त्यतिर अविजित २६ रन बनाउँदै टोलीलाई बलियो योगफलसम्म पुर्‍याए।

गण्डकीका लागि कमल परियारले २ विकेट लिए भने विपिन खत्री, अंकित न्यौपाने, सिब्रिन श्रेष्ठ र सुभाष भण्डारीले समान १–१ विकेट हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको