एनएसएसएफ र कराते महासंघबीच सम्झौता

काठमाडाैं। नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सम्झौता भएको छ। कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।

यस सहकार्यले विद्यालयस्तरमा करातेको प्रवद्र्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ) का प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन्।

विद्यालय खेलाडीहरूका लागि ग्रासरुट विकास, नियमित प्रतियोगिता, प्रतिभा पहिचान, समान अवसर र अन्तर्राष्ट्रिय अनुभव मार्फत अनुशासित, आत्मविश्वासी र भविष्यका च्याम्पियन खेलाडी उत्पादनमा जोड दिइने महासचिव कार्कीले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको