बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।

प्रतियोगिताको पाँचौँ दिन छात्र र छात्रातर्फका क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो।

छात्रतर्फको पहिलो खेलमा रातो बंगला स्कुललााई नवज्योतिले १८–११ ले हरायो। जेनियन नेसनल एकेडेमीले राराहिललाई १२–५, इनोभेटिभ इङ्लिस स्कुलले मनास्लु वल्र्ड स्कुललाई २१–१५ तथा सनसाइनले ह्विटफिल्डलाई २३–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

छात्रातर्फ निष्ट ‘बी’ ले आर्या स्कुललाई १६–४, आरआईबीएसले चेल्सी स्कुललाई १५–४, पाठशालाले द एक्सेल्सियरलाई १९–४ तथा आयोजक बीडीएसले केएमसीलाई ८–६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे।

बुधबार सेमिफाइनल खेल हुनेछ। छात्रातर्फको पहिलो सेमिफाइनलमा पाठशालाले आयोजक बीडीएससँग तथा निष्ट ‘बी’ ले आरआईबीएससँग प्रतिस्पर्धा गर्नेछन्।

छात्रतर्फ सनसाइनले नवज्योतिसँग तथा इनोभेटिभले जेनियन नेसनल एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको छ। सहभागी विद्यालयबाट छात्रतर्फ १३ तथा छात्रातर्फ १२ गरी २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। केही विद्यालयले छात्र र छात्रातर्फ एकभन्दा बढी टोलीसमेत सहभागी गराएका छन्।

प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन्। बास्केटबलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको