काठमाडौं । पुष्पसदनले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सफलता हात पारेको छ ।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा भएको खेलमा पुष्पसदनले रेडियन्ट रिडर्स एकेडेमीलाई १४–२ ले पराजित ग¥यो । पुष्पसदनका कृष श्रेष्ठले ६ अंक जोडे ।
सिनियर ब्वाइजमा एलआरआईले माउन्ट ग्लोरीलाई २४–१९, मगसले बेबी एन्जललाई ३९–२४, संस्कृतिले सेन्ट्रल स्टेटलाई २४–१३, स्वर्णिमले सभ्यता पाठशालालाई ३७–१० र स्वस्तिश्री गुरुकुलले राइजिङ स्टारलाई २१–९ ले हराए । एलआरआईका रुइची श्रेष्ठले २४, मगसका सिमोन रम्जालीले १८, संस्कृतिका सिधान्जन थापाले ९, स्वर्णिमका सिजन तामाङले ८ र स्वस्तिश्री गुरुकुलका श्रेयोनले १२ स्कोर गरे ।
सिनियर गल्र्समा जेसिसले एलआरआईलाई २०–१५ तथा स्वर्णिमले राराहिललाई १७–७ ले पन्छाए । जेसिसकी स्मृति थापाले ८ तथा स्वर्णिमकी हिसील्हामु लामाले ७ अंक जोडे ।


