खेलाडी, प्रशिक्षक र निर्णायकलाई वडा २६ को सम्मान

काठमाडौं महानगरपालिका वडा २६ ले विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा पदक जित्न सफल वडा २६ का खेलाडी, प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ।

लैनचौरमा भएको कार्यक्रममा टेबलटेनिसका चन्दन शाहीलाई र आर्यन शाहीलाई समान १५–१५ हजार, नन्दु शाही, एड्रेन शाही र सम्भवराज पन्तलाई समान ५–५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । अनिता महर्जन र हरिकृष्ण श्रेष्ठ पनि सम्मानित भए।

भेट्रान बास्केटबल टोलीका विजेता शैलेशकुमार श्रेष्ठ, राजेश मास्के, विपेन्द्र महर्जन, कर्मा गुरुङ, शान्तारत्न महर्जन, अनिल महर्जन, शैलेन्द्र नकर्मी, सरोज श्रेष्ठ, विपिन कपाली, सन्जिवमान प्रधान, प्रशान्त ताम्राकार र फिरोज प्रधानलाई प्रशंसा पत्रसहित सम्मान गरियो।

तेक्वान्दो खेलाडी सिजन श्रेष्ठ, दिया रजक, स्वीकार रजक, नारायण बोगटी र प्रशंसा रजक सम्मानित भए। तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक रमिला खत्री र गौरव रजक, टेबलटेनिस प्रशिक्षक सुरजध्वज केसी, तेक्वान्दो प्रशिक्षक नारायण पन्त, अनिल रजक र मिलन मगर तथा बास्केटबल प्रशिक्षक फणिन्द्रमान श्रेष्ठ र अन्जिरमान प्रधान सम्मानित भए।

सोही अवसरमा १३ दिनमा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्न सफल पूर्णिमा श्रेष्ठलाई पनि २५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो। उनीहरुलाई वडा २६ का अध्यक्ष ख्यामराज तिवारीलगायतले एक कार्यक्रमबीच सम्मान गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको