काठमाडौं । अस्ट्रेलिया क्रिकेटका कप्तान स्टिभ स्मिथले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि स्मिथले आफ्नो एकदवसीय अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय लिएका हुन्।
नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा स्मिथले च्याम्पियन्स ट्रफीमा टोलीको नेतृत्व गरेका थिए। उनले आफ्नो अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७३ रन बनाका छन्।
स्मिथले १७० एकदिवसिय अन्तर्राष्ट्रिय खेलमा १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ८०० रन बनाएका छन्। १६४ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो।
स्मिथले सन् २०१० मा वेस्ट इन्डिजविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए। उनी सन् २०१५ र २०२३ को आइसिसी एकदिवसीय विश्कप जित्दा अस्ट्रेलियन टोलीका महत्वपूर्ण खेलाडी थिए।