राष्ट्रिय ह्यान्डबल : लिग चरण सकियो, मंगलबार सेमीफाइनलसँगै उपाधि भिडन्त


पोखरा चैत्र ४ गते । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन्।

सेमीफाइनल समिकरणमा घरेलु टोली गण्डकीले शसस्त्र प्रहरीको एपिएफ क्लब संग भेट पक्का गर्दा दोस्रो सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबल क्लब र कोशी प्रदेश आमने सामने हुनेछन्। प्रतियोगिता अन्तर्गत तेस्रो स्थान र उपाधि भिडन्त समेत भोली (मंगलबार) हुने संघका अध्यक्ष केशव पाठकले जानकारी दिए।

सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ। आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो। आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे।

समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाडेका छन्। खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन्। समूह ‘बि’ तर्फ आर्मीले लुम्बीनिलाई ३७–२१ ले हराउँदै कुल ६ अंकका साथ शिर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे।

सो समूहबाट एपिएफ उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ। एपिएफले आइतबार लुम्बिीन प्रदेशलाई हराएको थियो। एपिएफको ३ अंक रहँदा लुम्बनी अंकविहिन हुँदै बाहिरियो।

समूह ‘ए’ तर्फकै अर्को खेलमा कर्णालीले सुदुरपश्चिमलाई ३७–२७ गोलले हरायो। कर्णालीको जितमा महेश थापाले ११ गोल गरे। समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ।

लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७–२५ ले हराएपनि कोशीले सेमीफाइनलमा स्थान बनाएको छ। तीन खेल खेलेको गण्डकी विजेता बन्दै कुल ९ अंक रह्यो। सोही समुहबाट कोशी र कर्णालीको समान चार÷चार अंक रहेपनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो। कोशीले कर्णाली भन्दा ३ गोल कम खाएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको