हाप्किडो संघको साधारण सभा सम्पन्न, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

काठमाडौं, चैत १७ गते । नेपाल— नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ।

कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्वपूर्ण प्रस्तावहरूमा छलफल भएको थियो। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरे। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुद राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधन भएको उल्लेख गरे।हामी नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहन्छौं।

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका एक दर्जनभन्दा बढी खेलाडीहरू सम्मानित भएका थिए। साथै, नेपाल हाप्किडो संघको बार्षिक कार्यक्रमको स्मारिका विमोचन पनि गरिएको थियो।

नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले नेपालका ६६ जिल्लामा हाप्किडो सक्रिय रहेको जानकारी गराउँदै हजारौँ खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराइरहेको बताए।

अध्यक्ष घर्ती मगरले हाप्किडो खेलको व्यवस्थित विकासका लागि वार्षिक योजना प्रस्तुत गर्दै योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नेपाल हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा मगर, गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेमबहादुर गुरुङ, नेपाल हाप्किडो संघका उपमहासचिव मोहमद हलवाई, कोषाध्यक्ष विजया कुमारी वाईबा, प्रमुख प्रशिक्षक प्रविण गुरुङ लगायतले आफ्ना धारणा राखेका थिए।

नेपाल हाप्किडो संघले नेपालका विभिन्न स्थानमा हाप्किडो खेललाई प्रवद्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन र खेल पुर्वाधार संरचनाको बिकास गर्ने लक्ष्य राखेको जनाएको छ।राष्ट्रिय महाधिवेसन भोलिदेखिनेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेशन चैत्र १८ र १९ गते नयाँ बानेश्वर थापा गाउँमा हुने भएको छ।

महाधिवेसनको पूर्व प्रधानमन्त्री एंव नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनमा ७७ जिल्ला, ७ प्रदेश र ३७ खेल संघहरुबाट गरी ४ सय ४२ जना प्रतिनिधी सहभागी हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको